काठमाडौं – साविक विजेता जनकपुर बोल्टले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ।
मधेस क्षेत्रको एकता र भावनालाई झल्काउने गरी जर्सी डिजाइन गरिएको फ्रेन्चाइजीले जनाएको छ। बैजनी रङले ऊर्जा र जोशको प्रतिनिधित्व गर्छ, गाढा नीलोले शक्तिलाई जनाउँछ, र सेतोले स्पष्टता र शुद्धता झल्काउँछ।
एनपीएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट च्याम्पियन बनेको थियो। राष्ट्रिय टोलीका ओपनर आरिफ शेखले जनकपुर बोल्ट्सका लागि मार्की खेलाडीको भूमिका निर्वाह गरेका छन्।


