काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) परिवारले जेन–जेड आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनुहुने आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

विज्ञप्तिमा CAN ले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति र स्वास्थ्य लाभको कामना गरेको छ। घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत संघले गरेको छ।

यस दु:खद घडीमा पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै क्यान परिवारले यस राष्ट्रिय विपत्तिमा सबै नेपालीलाई एकताबद्ध हुन, सहानुभूति प्रकट गर्न र सहयोग गर्न आग्रह गरेको छ।